
काठमाडौं । विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउनुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गर्न प्रधानमन्त्री कार्की असफल भएको आरोप लगाउँदै २३ वटा जेनजी समूहहरूले सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।
उनीहरूका अनुसार मुलुकमा भएका ठूला भ्रष्टाचारका मुद्दामा कडा कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, विद्रोहका क्रममा भएको नरसंहारमाथि कारवाही, आन्दोलनका घाइतेको उपचार तथा शहीद परिवारलाई उचित क्षतिपूर्ति दिने अपेक्षा राखिए पनि सरकारले यिनमध्ये कुनै प्रतिवद्धता पुरा नगरेको गुनासो छ।
‘विद्रोहको आधारमा बनेको सरकारले विद्रोहीहरूको न्यूनतम अपेक्षासमेत बेवास्ता गर्दै केवल चुनाव गराउने एजेण्डामा सीमित भएको देखियो,’ ज्ञापन पत्रमा भनिएको छ ।
जेनजी समूहहरूले आफ्ना मागहरू तत्काल सम्बोधन नभए प्रधानमन्त्रीलाई फिर्ता बोलाई जेनजी नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्ने माग गरे ।










प्रतिक्रिया