
काठमाडौं । नेपाली बजारमा डीएचआई ब्रान्डको विद्युतीय घरायसी सामग्री बेच्ने डिजिटल होम इन्टरनेशनलको व्यापार ५८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५८ प्रतिशतले घटेको हो।
कम्पनीले सन् २०२४ मा ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ६३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार गत आवमा सेट अप बक्स कम बिक्री हुँदा व्यापारमा कमी आएको उल्लेख छ । गत आवमा ७ लाख रुपैयाँको मात्रै सेटअप बक्स बिक्री भएको जनाएको छ ।
सन् २०२४ मा ४४ करोड ५९ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार कमी आएसँगै नाफा पनि कमाउन नसकेको रेटिङमा उल्लेख छ । कम्पनीले सन् २०२४ मा ५ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीले ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
सन् २०२२ मा स्थापना भएको कम्पनीले विद्युतीय घरायसी सामग्रीको एसेम्बिलङ र कारोबार गर्दै आएको छ । कम्पनीले डीएचआई ब्रान्डको विद्युतीय घरायसी सामग्रीको व्यापार गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कजाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका ४९ करोड ५० लाख रुपैयाँको गराएको हो ।
कम्पनीले विभिन्न प्रकारका पार्टस् र सामग्री भारत र तीनबाट आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । सुदिप आयार्च अध्यक्ष रहेको कम्पनी नेपालको पहिलो सेटअप बक्स उत्पादन गर्ने कम्पनी हो ।










प्रतिक्रिया