एचपी ल्युब्रिकेन्ट्स एनपीएलको अफिसियल लुव्रिकेन्ट पार्टनर

0
Shares

काठमाडौं । एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालि नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक दोस्रो सिजनका लागि नेपाल प्रिमियर लिग(एनपीएल)को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने गरी विशेष साझेदारीको घोषणा गरेको छ ।

सम्झौता टीयू क्रिकेट मैदानमा एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय तथा क्यानका सचिव पारस खड्काबीच हस्ताक्षर गरिएको हो।

यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र-क्रिकेट र इञ्जिन ल्युब्रिकेसनलाई एकसाथ ल्याएको कम्पनीको भनाइ छ । क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित खेल हो, जुन एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन “पावर टु फरफम” सँग उत्तिकै मेल खाने कम्पनीको दाबी छ । 

एमए डब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकासयात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ । एनपीएलले उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा देखाउने र देशभरका दर्शकलाई आकर्षित गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्छ । नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्ने कम्पनीले जनाएको छ ।

‘यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो,’ एमए डब्ल्युका प्रतिनिधिहरूले कार्यक्रममा भने, ‘जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौं।’