दुर्गा प्रसाईंले खोले नागरिक बचाउ दल, को को छन् केन्द्रीय समितिमा ?

924
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको संरक्षकत्वमा नयाँ राजनीतिक पार्टी ‘नागरिक बचाउ दल’ गठन गरिएको छ । २७ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गर्दै उक्त दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत बुझाइएको छ।
तर, प्रस्तुत गरिएको समितिमा प्रसाईं स्वयंको नाम छैन।

सभापतिमा झापा निवासी ५० वर्षीय माधवप्रसाद खतिवडालाई प्रस्ताव गरिएको छ । उपसभापतिमा काठमाडौंका ईश्वरी प्रसाद भट्टराई र देवीप्रसाद संग्रौलाका नाम छ।

त्यसैगरी, महासचिवमा झापाका प्रेमकुमार थाम्सुहाङ, सहमहासचिवमा नवलपरासी पूर्वका विष्णु बोहोरा क्षेत्री, कोषाध्यक्षमा मोरङकी सुष्मा रेग्मी रिजाल र प्रवक्तामा पाल्पाका प्रेम थापा मगरलाई प्रस्ताव गरिएको छ।

दलले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा अपनाउने योजना प्रस्तुत गरेको छ। चुनाव चिह्नका रूपमा भने मान्छेको जोडी पाइला प्रस्ताव गरिएको छ।

Skip This