
काठमाडौं । सरकारले २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध भएको छ । सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो । तोकिएका २५ सेवाहरूमा कुनै पनि प्रकारको अवरोध वा हडताल गर्न पाईंदैन ।
नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक हडताल निषेधका निर्णय गरे पनि कार्यान्वयन भने भएको पाईंदैन ।
कुन कुन क्षेत्रमा पाइँदैन हडताल गर्न ?
डाँक, तार वा टेलिफोन सेवाजल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवाहवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवाहवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवाप्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवाहातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवासञ्चार सेवाआन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवाखानेपानीको सञ्चालन तथा वितरण सेवापर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवापेट्रोलियम पदार्थ एलपी ग्याँस समेतको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवाअस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा एम्बुलेन्स सेवा जस्ता सेवाहरूऔषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवाफोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवाबैङ्किङ सेवाबिमा सेवाविद्युत् सेवादैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामास्क सम्बन्धी सेवाह्याण्ड सेनिटाइजर सम्बन्धी सेवाभेटेरिनरी सेवाकन्सुलर सेवा विभागबाट प्रदान हुने सेवाराहदानी विभागबाट प्रदान हुने सेवाइन्टरनेट सेवा









प्रतिक्रिया