सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

2.4k
Shares

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पवन कुमार आचार्य नियुक्त भएका छन् । हालका प्रमुख कार्यकारी अधिकृत निश्चल पाण्डेको कार्यकाल सकिएपछि बैंकले आचार्यलाई सीईओ बनाउने भएको हो ।

रिस्क म्यानेजमेन्ट र कर्जामा दख्खल राख्ने आचार्य सानिमा बैंक स्थापनादेखि नै बैंकमा आवद्ध थिए । राष्ट्र बैंकबाट सानिमा बैंकको लाइसेन्स लिने भूमिका समेत आचार्यले निभाएका थिए । बैंक स्थापनाभन्दा पहिलेदेखि नै उक्त समूहमा जोडिएका आचार्यले एमबीए गरेका छन् ।

उनी एसएलसीमा नेपालभरबाट तेस्रो स्थानमा उत्तीर्ण ट्यालेन्ट रहेका बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दहाल बताउँछन् । आचार्यले एमबीएका साथै इन्जिनियरिङ पनि गरेका छन् ।

हाल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत आचार्यले १२ माघदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नेछन् । कात्तिक २४ गते सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई बैंकको आगामी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत निश्चल पाण्डेको कार्यकाल आगामी माघ ११ गते सकिँदैछ ।