
काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार २० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सातको पहिलो कारोबार दिन आइतबार भने ५ रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँ कायम भएको छ ।







प्रतिक्रिया