
काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले आश्वासनले मुलुकको विकास नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा शुक्रबार बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।
‘हामीले पटकपटक निजी क्षेत्रसँग छलफल भएको छ । छलफल गरेर मिठो कुरा गर्ने मात्रै होइन, तत्कालै कार्यान्वयन पनि भएको छ,’ खनालले भने, ‘अहिले हाम्रो अर्थमन्त्रीय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने किसिमको छ । हामी निर्णयमा विलम्ब गर्दैनौं ।’
उनले आश्वासनले मुलुकको विकास नहुने र आश्वासनले निजी क्षेत्रको अपेक्षा पुरा नहुने बताए । जेनजी आन्दोलनले मुलुकका सुशासन कायम नभएसम्म आम नागरिकलाई आश्वस्त पार्न नसकिने पाठ सिकाएको उनको भनाइ छ ।
‘अहिले अर्थको मात्रै नभएर सबै मन्त्रालयमा सुधारको काम भइरहेको छ जुन सबैले देख्नु भएको छ,’ खनालले भने, खनालले भने, ‘भन्सार प्रशासनमा लागत कम हुने गरी आमूल सुधार हुनेगरी काम भएको छ ।’
राजस्व सही तरिकाले आओस् भन्ने आफूहरुको चाहना भएको उनले बताए ।







प्रतिक्रिया