जग्गा लिज सम्झौता बिषयमा अनुसन्धानको क्रममा नेपाल ट्रस्टका पूर्व सहसचिव कार्की पक्राउ

140
Shares

काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

उनलाई चितवनबाट शुक्रबार पक्राउ गरी दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले जानकारी दिए ।

६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको केसीले जानकारी दिए ।