चामल बेच्ने मोहक खाद्य उद्योगको व्यापार २१.२८% ले घट्यो

0
Shares

काठमाडौं । मोहक खाद्य उद्योगको व्यापार २१.२८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २१.२८ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा १ अर्ब ३० करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ४३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

मदन खड्का प्रबन्ध निर्देशक रहेको कम्पनीले गत आवमा ३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सन् २०२१ म स्थापना भएको कम्पनीले धान प्रशोधन गरी विभिन्न प्रकारका चामल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले धान आयात गरी चामलको ग्रेडिङ, सर्टिङ र पोलिसिङ गरी विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नागरिक, चखेवा, कसौडी, बादल र गोल्डेन एप्पल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ।

चितवनामा कार्यालय रहेको कम्पनीले २०२३ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले चामलसँगै चामल प्रशोधनको क्रममा निस्किएका कनिका र ढुटो पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीको प्रतिघन्टा ८ मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो।