सुनको मूल्य आज ११ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

336
Shares

काठमाडौं । बुधबार(आज) सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ रहेको थियो ।

अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको थियो ।

यसरी दुई दिनमा सुनको मूल्य कुल २ हजार ५ सय रुपैयाँले घटिसकेको छ । असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड मूल्य पुगेको सुन हालसम्म २० हजार ८ सय रुपैयाँले सस्तो भएको छ ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ९९० रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।