
काठमाडौं । प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा सकिएको छ।
बुधबार बहस सकिए लगत्तै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितका न्यायाधीशहरूले आदेश तयार गर्ने कार्यमा जुटेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसविरुद्ध दायर भएका १६ वटा मुद्दामाथि आज प्रारम्भिक सुनुवाइ बुधबार भएको हो ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, खम्मबहादुर खाती, डा. सुरेन्द्र भण्डारी, शेरबहादुर केसी लगायतका पक्षले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै त्यसको पुनःस्थापना गर्नुपर्ने माग गरेका थिए । उनीहरूले चुनावी सरकारलाई अन्य प्रशासनिक काम गर्न रोक लगाउनुपर्ने माग पनि राखेका थिए।
युवराज पौडेल, डा. प्रेमराज सिलवाल, किर्तीनाथ शर्मा, आयुष बडाल, मकबुल मियाँ, खडकबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भूजेल, बिपिन ढकाल, आयुष भण्डारी, आभाष पोखरेल, ओमप्रकाशजङ्ग शाह, विमल पोखरेल, डा. पुण्यप्रसाद खतिवडा र शेरबहादुर रोकायाले राष्ट्रपति कार्यालयसमेत विपक्षी बनाएर विभिन्न मितिमा मुद्दा दायर गरेका थिए।








प्रतिक्रिया