नदी नियन्त्रणतर्फ १० करोडको क्षति

105
Shares

काठमाडौं । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण नदी नियन्त्रणतर्फ १० करोड रुपैयाँबराबरको क्षति भएको छ ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याँकअनुसार नदी नियन्त्रणतर्फ १० करोड रुपैयाँबराबरको १ हजार ५ सय मिटर तटवन्द कटान भएर क्षति भएको हो ।

मन्त्रालयका अनुसार कन्काई नदीले गौरिगञ्ज २ झापाको हुलाकी राजमार्गको तल्लो तटिय दायाँ किनारमा करिब २ सय मिटर तटवन्ध कटान गरेको छ । यस्तै कमला नदीले सिराहा १७ पठेरवास्थित तटवन्धमा क्षति पुरयाएको छ ।

यस्तै लालबकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका १ स्थित मर्यादपुरमा करिब ६० मिटर तटवन्ध कटान गरेको छ ।

महोत्तरीको रातो नदीले बलवा नगरपालिका २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुरमा गरी ३९० मिटर तटवन्द कटान गरेको छ । यस्तो लोहारपट्टीमा ४ सय मिटर, महोत्तरीको रतवारामा २० मिटर, जलेश्वर नगरपालिका १,४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटवन्ध वगाएको छ ।