भारतको बनारसमा हनुमान चालीसाका विषयमा उठ्यो विवाद, बढाइयो मन्दिरको सुरक्षा

441
Shares

एजेन्सी । भारतको बनारसमा हनुमान चालीसा पाठका विषयमा विवाद चर्किएको छ ।

मदनपुर क्षेत्रमा रहेको हनुमान मन्दिरमा हनुमान चालीसाको पाठ हुँदै गर्दा एक समुदायका मानिसले आपत्ति जनाएका थिए । त्यसपछि हिन्दूवादी संगठनहरूले त्यसको विरोध गर्दै सडकमै हनुमान चालीसा पाठ गरे ।

आफूलाई एक समुदायका मानिसले धम्क्याएको मन्दिरका पुजारीको आरोप छ ।

प्रहरीले तत्कालै कारवाही थाल्दै अशान्ति मच्चाउन खोज्नेहरूलाई पक्राउ गरेको छ । दुईजना आरोपितहरू पक्राउ गरेको प्रहरीको भनाइ छ ।

मन्दिर क्षेत्रमा सुरक्षा प्रबन्ध पनि बढाइएको छ ।

यो सम्पूर्ण घटना सीसीटीभीमा कैद भएको र अनुसन्धान चलिरहेको प्रहरी अधिकृतहरूको भनाइ छ । थप अशान्ति नमच्च्यिोस् भनी सुरक्षा कडा पारिएको छ ।