
काठमाडौं । अविरल वर्षाका कारण शनिबार १४५ आन्तरिक उडानमध्ये ५ वटा उडान मात्रै भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रबक्ता रिन्जी शेर्पाका अनुसार शनिबार दिउँसो सवा १ बजेसम्म १४५ आन्तरिक उडानमध्ये ५ बटा मात्रै भएको छ ।
जसअनुसार सीता एअरको लुक्ला २ वटा, श्री एयरलाइन्सको २ वटा बिराटनगर र भैरहवा तथा बुद्ध एयरको भद्रपुर एउटा मात्रै उडान भएको छ ।
यतिको भद्रपुरबाट काठमाडौं आउँदै गरेको जहाज डाइभर्ट भएर पोखरा पुगेको छ । यसबाहेक थप उडान हुन सकेको छैन । मौसम सफा भयो भने थप उडान हुन सक्ने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरु भने अहिलेसम्म नियमित समयमै उडान भरिरहेका छन् ।
यो एकतर्फी मात्रै हो । उडान र अवतरण गरेर काठमाडौमा हुने २८० उडान शनिबार प्रभाबित भएको छ । उडान नहुँदा बिमानस्थलमा यात्रुको ठूलो भिड लागेको छ ।







प्रतिक्रिया