कालीमाटी बजार : कति छ आज तरकारी तथा फलफूलको थोक मूल्य

70
Shares


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको थोक मूल्य संकलन गरी सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो (भारतीय) अधिकतम प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा सानो (टनेल) रु ४५ तोकिएको छ। आलु रातो रु ५२, आलु रातो (भारतीय) रु ३०, आलु रातो (मुडे) रु ४४ र आलु सेतो प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ।

त्यस्तै, प्याज सुकेको (भारतीय) रु ३९, गाजर (लोकल) रु १३०, गाजर (तराई) रु ११०, बन्दाको प्रतिकेजी रु ४०, काउली स्थानिय रु ११०, मूला रातो रु ५०, मूला सेतो (लोकल) रु ७० मा तोकिएको छ।

त्यस्तै, प्याज सुकेको (भारतीय) रु ३९, गाजर (लोकल) रु १३०, गाजर (तराई) रु ११०, बन्दाको प्रतिकेजी रु ४०, काउली स्थानिय रु ११०, मूला रातो रु ५०, मूला सेतो (लोकल) रु ७० मा तोकिएको छ।

भन्टा लाम्चो र डल्लो दुवै प्रतिकेजी रु ४०, बोडी (तने) रु ११०, मकै बोडी रु ८०, घिउ सिमी (लोकल तथा हाइब्रीड) दुवै रु १२०, टाटे सिमी रु ७०, भटमासकोशा रु ९०, तितो करेला रु ६०, लौका रु ६०, परवर (लोकल र तराई) दुवै रु ७०, चिचिण्डो रु ३०, घिरौला रु ६०, झिगुनी रु १००, फर्सी पाकेको रु ८०, हरियो फर्सी (डल्लो) रु ३५, सलगम रु ९०, भिण्डी रु ८०, सखरखण्ड रु १००, बरेला रु १००, पिंडालू रु ८०, स्कूस रु २० र रायो साग प्रतिकेजी रु १५० तोकिएको छ।

त्यसैगरी, पालुंगो साग रु २००, चमसूरको साग रु १८०, तोरीको साग रु ९०, प्याज हरियो रु १२०, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरीलो रु ४००, न्यूरो रु ८०, ब्रोकाउली रु १५०, चुकुन्दर रु ७०, रातो बन्दा रु १८०, जिरीको साग रु २००, सेलरी रु ३००, पार्सले रु १,२००, सौफको साग रु ३००, पुदीना रु ८००, इमली रु १८०, तामा रु १२०, तोफु रु १४०, गुन्दुक रु ३००, स्याउ (झोले) रु २५० र स्याउ (फुजी) प्रतिकेजी रु ३०० मा कारोबार भइरहेको समितिले जनाएको छ।