आर्काइभ

मासुका आइटम मिठो पकाउँछन् ऊर्जामन्त्री कुलमान, सानो हुँदा खाना पकाएर दाजु भाइलाई खुवाउँथे

728
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई दशैं भन्ने बित्तिकै बाल्यकालको सम्झना आउँछ । उनी दशैं सानोमा महत्त्वका साथ गाउँमा मान्थे ।

अहिले पहिले जस्तो रमाइलो लाग्दैन उनलाई । काठमाडौंबाट गाउँमा दाइहरु आउने, रमाइलो गर्ने, मिठा मिठा खाना खाने गरेको सम्झना आउँछ । पहाडमा मासु भात खान दशैं कुर्नुपर्ने अवस्था थियो ।

त्यो बेलामा पहाडमा मानेको दशैंको उनलाई रमाइलो याद आउँछ ।

उनी सबै किसिमका खानाहरु खान्छन् । उनी सानोमा दाजु भाईलाई समेत खाना पकाएर खुवाउँथे । राम्रो खाना पकाउने खुवी उनमा छ ।

प्रस्तुत छ, उनै घिसिङसँग क्लिकमान्डुले गरेको दशैं, तिहार र खानपान विशेष कुराकानीः (आर्काइभबाट)