सार्वजनिक सवारीको टिकटमा कालोबजारी गरे कार्वाही गरिने: विभाग

56
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले चाडपर्वको मौका छोपी तोकिएको भाडादर विपरित बढि भाडा असुल गर्ने यातायात व्यवसायीमाथि कारवाही गर्ने जनाएको छ ।

विभागले बिज्ञप्ती जारी गर्दै तोकिएको भाडादरअनुसार यात्रुलाई टिकट बिक्री गर्न आग्रह गरेको छ । विभिन्न माध्यमबाट यातायात व्यवसायीले अत्यधिक भाडादर असुल गरेको र टिकटको कालोबजारी गरेको सूचना प्राप्त भएको जानकारी गराउँदै चाडवाडको मौका छोपेर अत्यधिक मूल्य असुल गरी टिकटको कालोबजारी गर्नेमाथि कानूनअनुसार कारवाही गर्ने विभागले जानकारी दिएको छ ।