अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी


मोरङ । कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला काराबारभित्रै प्रदर्शन भएको छ।

कारागार प्रमुख राजन घिमिरेका अनुसार कारागारको ब्लक ‘बी’का कैदीबन्दीले गिरीलाई पक्राउ गरेको विरोधमा नाराबाजी गरिरहेका छन्। ब्लक ‘बी’मा ५३६ जना कैदीबन्दी रहेको घिमिरेले जानकारी दिए।

कारागारमा उच्च सतर्कता अपनाइएको छ। सरकारले वर्षमा दुई पटक कैदीबन्दीका लागि पोशाक भत्ता रकम उपलब्ध गराउँदै छ। गिरीले गर्मी मौसमको पोशाकको रकम हिनामिना गरेको आरोप छ।

गर्मीका लागि प्रत्येक कैदीलाई सरकारले २ हजार ५ सय रूपैयाँ उपलब्ध गराउँदै आएको छ। ब्लक ‘ए’ , ‘बी’ र महिला ब्लक गरी कारागारमा १ हजार २ सय ६ जना कैदीबन्दी छन्।