भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण नेपालमा आउने विदेशी पर्यटक (इन्बाउन्ड टुरिस्ट)का प्याकेजमा व्यापक असर परेको छ । प्याकेजमा पर्यटक ल्याउने एजेन्सी यतिबेला भ्याइनभ्याइ अवस्थामा हुनुपर्नेमा फूसर्दिला भएका छन् ।

काठमाडौं । जेनजी आन्दोलनका कारण नेपाल आउने पर्यटक (इन्बाउन्ड टुरिन्ट)ले धमाधम प्याकेज रद्द गरेका कारण पर्यटकीय गन्तव्य सुनसासनजस्तै भएका छन् । नेपाल आउने पर्यटकको आगमन कम हुँदापर्यटकीय गन्तव्यमा हुने चलहपल पनि कम भएको छ ।
हाल नेपाल आउने पर्यटक जेनजी आन्दोलका कारण ३० देखि ४५ प्रतिशतले कम भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । अहिले नेपालमा पर्यटकीय सिजनसँगै विश्व पर्यटन दिवसको रौनक पनि हुने बेला हो । बर्सेनी २७ सेप्टेम्बरमा मनाइने पर्यटन दिवस नेपालमा पनि मनाइने र यो बेला पर्यटकीय प्याकेजमा सेवाप्रदायकले आकर्षिक सुविधा र छुट दिएर अकर्षित गर्ने बेला पनि हो ।
तर, आन्दोलनका कारण गत वर्षको तुलनामा पर्यटकको आगमनमा यो वर्षको सेम्टेम्बरमा ४५ प्रतिशतले कमी आएको अनुमान गरिएको छ । गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३र३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय मात्रै रहेको देखिनुले पनि पर्यटकीय सिजनकै मुखमा आगमनमा धक्का पुगेको देखिन्छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी आन्दोलनका कारण ४५ प्रतिशतसम्मले घटेको आगमनमा विस्तारै सुधार हुने अपेक्षा गर्छन् ।
‘दशैंको बेलासँगै सुरु भएको पर्यटकीय सिजनमा भने यसपालि पर्यटनको सन्देश सकारात्मक प्रवाह हुन नसक्दा व्यवसायी चिन्तित छन् । पर्यटन बोर्ड पनि छिटोभन्दा छिटो पर्यटक रिकभरी गर्नमा प्रतिवद्ध छ,’ उनले भने ।
दशैंको माहोलसँगै विदेशी पर्यटकको नेपाल आगामन सिजन भएकोले यो बेला आन्तरिक पर्यटकीय क्षेत्रमा रौनक हुने बेला भएपनि यस पटक सुनसानजस्तै भएको ट्राभल व्यवसायी यमबहादुर खड्काले बताए । उनले भने ‘यस पटक दशैंसँगै पर्यटकीय सिजन भनेर दौडन नपाइने भएको छ । नेपाल आउने समूहगत रुपमा आउने पर्यटकको प्याकेज धेरैजसो रद्द भएको अवस्था छ । केहीले भने स्थगित गरेकोले विस्तारै उनीहरुका कारण आगमनको संख्या बढ्ने अवस्था भने देखिएको छ ।’
सामान्यतया पानी पर्न रोकिने समय हुँदा दशैंको मौसम सफा हुन्छ । जाडो लागि नकेको हुँदा घुमघाममा जानु पनि उपयुक्त मौसम मानिने बेला भएकोले आन्तरिक वाह्य पर्यटक होमस्टेदेखि होटल रेस्टुरेन्टसम्म भिडाभाड लाग्ने बेला भनेर चिनिन्छ ।
डिजिटल प्रवर्द्धनबाट रिकभरीको तयारी
नेपाल पर्यटन बोर्डका अनुसार डिजिटल प्रबर्द्धनबाट छिटो रिकभरीको तयारी गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले पर्यटकको गतिविधि बढ्दै गएकाले यसलाई प्रभावकारी रुपमा प्रबर्द्धन गर्ने रणनीति बोर्डले बनाएको छ ।
नेपाल आएको विदेशीलाई आन्तरिक पर्यटक एक ठाउँबाट अर्को ठाउँमा पुग्ने, घुमघाम, खानपिन र किनमेल गर्नेसम्मको गतिविधिमा सकारात्मक सन्देश प्रभाव गर्ने गरी बोर्डल सहजीकरण गरेर प्रबर्द्धन गर्दै छ ।
नेपाल आएका पर्यटकलाई होमस्टे पुर्याउने, गाउँवस्ती देखाउने, पर्यटकीय गन्तव्य सुरक्षित छ भने प्रबर्द्धन गर्न पर्यटकलाई नै लगाउने काम बोर्डले गरिरहेको जोशीले जानकारी दिए । उनका अनुसार पर्यटकलाई नेपाल नाउ भन्ने अभियान चलाएर छिटो रिकभरी गर्ने कार्य भइरहेको छ । यसका लागि नेपाल आएका पर्यटकले आफू पुगेकै ठाउँबाट लाइभ भिडियो, कन्टेन्ट क्रियटदेखि गन्तव्यको वस्तुस्थितिको जानकारी दिने काम भइरहेको छ ।
नेपालका गाउँगाउँले रुचाएको, अतिरिक्त आम्दानीको स्रोत हुने हुँदा छोटो समयमा स्थापित भएको पर्यटनको विधा होमस्टे पुर्याउने काम पनि यही बेला गर्नुपर्ने जरुरी छ । यही होमस्टे संस्कृतिका कारण घर आगमनमै आन्तरिक पर्यटक पुग्ने र घुमघामको संस्कृति सित्तैमा प्रबर्द्धन पनि हुने गरेको छ ।
नेपाल पर्यटन बोर्डले पनि नेपालमा विदेशी पर्यटक आकर्षित गर्न वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको हुन्छ । विदेशीसँगै आन्तरिक पर्यटन प्रबर्द्धनमा पनि जोड दिने काम बोर्डले गरिरहेको छ । अन्तर्राष्ट्रिय जस्तो प्राथमिकता नपर्ने भए पनि पर्यटन बोर्डले बनाउने वार्षिक कार्यक्रममार्फत हुने औपचारिक कार्यक्रमबाट मात्रै आन्तरिक पर्यटन भइरहेको अवस्था छ ।
नेपाल पर्यटन बोर्डका अनुसार आन्तरिक पर्यटकलाई पनि प्रवद्र्धन गरिरहेको बताउँछन् । बोर्डको काम अन्तर्राष्ट्रिय प्रबर्द्धनसँगै आन्तरिक पर्यटन पनि प्रबर्द्धन गर्ने हो । यसका लागि बोर्डले विभिन्न मेला, महोत्सव, पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ ।’ पर्यटन प्रबर्द्धन गर्न बोर्डले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरिरहेको हुन्छ ।
दशैंकै मुखैमा भएको जेनजी आन्दोलनले पर्यटक आगमनमा असहज अवस्था सिर्जना गरेको हो । तर पनि बोर्डले नेपालमा पर्यटकलाई स्वातस्फूर्त रुपमा घुम्न र पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश दिइरहेको छ । बोर्डले नेपालमा आएका पर्यटकलाई सधै सहजीकरण गर्ने, विगतका सबैजसो मुुलुकको असहज परिस्थितिमा पर्यटकलाई सहजीकरण नै गरेको भन्दै अब पनि नेपालमा खुलेर घुम्न आउन बोर्डले आग्रह गरेको छ ।
निजी क्षेत्रका पर्यटन व्यवसायीले पनि पर्यटन बोर्डले सहजीकरण गरेर विदेशी आर्षित गर्न आग्रह गरेको छ । निजी क्षेत्रले नेपालमा पर्र्यटक स्वागत गर्न र सहजै सेवा, सुविधा दिन प्रतिवद्ध रहेका प्रतिकृया दिएका छन् ।







प्रतिक्रिया