
काठमाडौं । जेनजी आन्दोलनले नेपालका ३० होटलमा क्षति पुगेको छ भने यसबाट करिब २२ देखि २५ सय जना मजदुरको रोजगारी गुमेको प्रारिम्भिक अनुमान गरिएको छ ।
नेपाल पर्यटन बोर्डले गराएको एक अध्ययनको प्रारम्भिक विवरण अनुसार काठमाडौंसहित बाहिरको होटलमा सामान्यदेखि पूर्ण क्षति भएको छ । काठमाडौंको पाँचतारे डिलक्स होटल हिल्टन, अर्को पाँचतारे होटल हायात रिजेन्सी, वालुवाटारको वर्णवासदेखि विभिन्न ठाउँ र क्षेत्रका होटलमा पुगेको क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ ।
जेनजी आन्दोलनम कारण भएको होटलमा क्षति त्यहाँ भएका पर्यटकका कारण आतकंकित भएका पर्यटकले गर्दा पर्यटनमा नकारात्मक सन्देश गएको छ । पर्यटनमा गएको नकारात्मक सन्देशलाई चिर्ने काम बोर्डसहितका निजी क्षेत्रले गरेका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकाराज जोशीका अनुसार पर्यटकीय संरचनामा भएका क्षति र यसले पारको नकारात्मक असरको विषयमा बोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर विवरण संकलन गरिरहेको छ ।
आन्दोलका कारण सबैभन्दा ठूलो क्षति पाँचतारे होटल हिल्टनमै परेको छ । यो होटलमा पुगेको क्षतिका कारण बैंक तथा वित्तीय संस्थालाई पनि आफूले गरेको लगानीको चिन्ता बढेको छ । ५ अर्ब भन्दा बढीको ऋण हिल्टनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको छ ।







प्रतिक्रिया