आरएसडीसी लघुवित्तले ८ प्रतिशत लाभांश दिने

98
Shares


काठमाडौं । आरएसडीसी लघुवित्तले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ । ११ असोज गते शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको ८ प्रतिशतले हुने नगद लाभांश प्रस्ताव गरेको हो । लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत उक्त लाभांंश प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।