भगवती हाइड्रोपावरले २०% लाभांश दिने, साधारणसभा कात्तिक २ गते

203
Shares

काठमाडौं । भगवती हाइड्रोपावरले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । गत १० असोज शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम पुँजीको १४ प्रतिशतले हुने ८ कारेड ३२ लाख ९२ हजार ६०० रुपैयाँ बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २ गते २५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि २१ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार २० असोजसम्म कायम कम्पनीका सेयरधनीलाई लाभांशका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।

साधारणसभाबाट पारित भएपछि कम्पनीको प्रस्तावित लाभांश सेयधरनीलाई वितरण हुनेछ ।