पृथ्वी राजमार्गमा इन्धनको अभाव, निगमले भन्यो छैन अभाव

56
Shares

काठमाडौं। पृथ्वी राजमार्गबाट बाहिरिने यातायातका साधनहरुले उक्त सडक खण्डमा इन्धनको चर्को अभाव भएको गुनासो गरिरहँदा नेपाल आयल निगमभने अभाव नभएको दावी गरेको छ ।

निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण पेट्रोलियम पदार्थको नियमित ढुवानी हुन नसक्दा यसअघि अधिकांश पेट्रोल पम्पले सेवा दिन नसके पनि बाटो खुलेसँगै नियमित अवस्थामा फर्किएका हुन् ।

निगमले भनेको छ,’मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण बाट पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अव सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको ब्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराइन्छ ।’