नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब माथिको कारोबार

21
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अंकले घटेर २६५२ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा कायम भएको थियो । त्यसअघि, मंगलबार नेप्से ५८.६३ अंक र आइतबार १११.७० अंकले बढेको थियो ।

बिहीबार नेप्सेमा कुल ३ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ४ अर्ब माथिको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अधिकांश समूह राताम्य भएका छन् ।