
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयमा डिजिटल शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट कक्षाकोठा विस्तारको अभियान अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् ।
पछिल्ला दुई वर्षदेखि रोकिएको स्मार्ट कक्षाकोठा निर्माणको कार्य अन्ततः सम्पन्न हुने चरणमा पुगेको शाहको भनाइ छ । हालसम्म काठमाडौंका सबै सामुदायिक विद्यालयमा १७७ वटा पहिल्यै रहेका स्मार्ट बोर्ड र हालैको ठेक्का मार्फत जडान भएका ३१३ वटा बोर्डसहित जम्मा ४९० वटा बोर्ड सञ्चालनमा आइसकेका शाहले जनाएका छन् ।
साथै, थप ५७० वटा बोर्डका लागि सम्बन्धित विद्यालयमा बजेट निकासा भइसकेको छ । महानगरपालिकाका ८७ वटा विद्यालयमा आवश्यक १,०६० वटा स्मार्ट बोर्ड तिहारअघि नै जडान गरिने योजना रहेको छ । यस अनुसार सम्पूर्ण कक्षाकोठा स्मार्ट कक्षाकोठामा रूपान्तरण हुने र ५३ हजारभन्दा बढी विद्यार्थीले लाभ लिने अपेक्षा गरिएको छ।
मेयर शाहले भने, ‘हाम्रा बालबालिकाहरू हाम्रो पहिलो प्राथमिकता हुन्। उनीहरूमा हुने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्न सक्ने आधार तयार गर्छ। यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक छ।’








प्रतिक्रिया