
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सरकारी तथा सार्वजनिक निकायको भौतिक संरचना तथा फर्निचरजन्य पुननिर्माणको क्रममा स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयले बुधबार जारी गरेको बिज्ञप्तीअनुसार मन्त्री सिन्हाले पद बहालीको क्रममा सरकारी तथा सार्वजनिक निकायको भौतिक संरचना तथा फर्निचरलगायतको क्षत भएकाले निर्माण सामाग्री र फर्निचर खरिद गर्नुपर्दा स्वदेशी उत्पादनलाइ प्राथमिकता दिएर खरिद गर्नुपर्ने निर्णय गरेका थिए ।
सोहि निर्णयको आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक निकायको पुननिर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री र फर्निचरजन्य सामाग्री स्वदेशी प्रयोग गर्न निर्देशन दिएको छ ।







प्रतिक्रिया