
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रालय माताहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्नु पर्ने काम नगरेमा आफ्नो इमेल वा मन्त्रालयको टोल फ्रि नम्बरमा उजुरी गर्न सक्ने व्यवस्था गरेका छन् । सोमबार मन्त्रायलले एक सूचना प्रकाशित गर्दै कर्मचारीले गर्नु पर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सीधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
अर्थमन्त्री खनालले घुस वा रिसवत माग गर्ने लगायतका कुनै पनि अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई भएको अवस्थामा अर्थमन्त्री खनालको अफिसियल इमेल वा टोल फ्रि नम्बरमा गुनासो गर्न सकिने व्यवस्था गरेका हुन् । अर्थमन्त्री खनालले यसको लागि उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवलीलाई सम्पर्क व्यक्ति पनि तोकेका छन् ।









प्रतिक्रिया