ओझाले अल्पकानील अन्तरिम आदेश पाएको जानकारी सर्वोच्चले सरकारलाई दियो

574
Shares

काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले अल्पकालीन अन्तरिम आदेश पाएको जानकारी सर्वोच्च अदालतले सरकारलाई दिएको छ ।

सर्वोच्च अदालतले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक पत्र लेखेरै ओझाको विषयमा सर्वोच्चले दिएको आदेशको जानकारी पठाइएको उल्लेख गरेको छ ।

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाएर ०८२ डब्लुओ ०२५७ समेतको रिट निवेदनमा सर्वोच्च अदालतबाट भदौ २३ गते सुनुवाइ भएको थियो ।

उक्त सुनुवाईमा अन्तरिम आदेश माग भएपनि असोज २६ सम्मका लागि विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको जानकारीका सर्वोच्चले सरकारलाई दिएको छ । भदौ २३ गते सर्वोच्चले गरेको आदेशको प्रतिलिपिसमेत पठाएको जानकारी पनि दिएको छ ।