
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुनबर्हाली गरेका छन् । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि ओझा प्राधिकरण पुगेका हुन् ।
सर्वोच्चले भदौ २३ गते ओझालाई बर्खास्ती गर्ने निर्णय तत्काल कार्यान्वय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार अदालको सोही आदेश बोकेर ओझा प्राधिरकण पुगेका हुन् । लगत्तै उनले काम पनि थालिसकेका छन् ।
न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तिरम आदेश जारी गर्दै दुवै पक्षलाई असोज २६ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेश जारी हुन माग गरे तर्फ हेर्दा, निवेदकको सुविधा सन्तुलन तथा प्रस्तुत रिट निवेदनको औचित्यसमेत दृष्टिगत गर्दा दुवै पक्षको सुनुवाई गरि अन्तरिम आदेश जारि हुने नहुने तर्फ आदेश हुनु उपयुक्त हुने देखिँदा निवेदकलाई पदमुक्त गर्ने गरी नेपाल सरकारबाट मिति २०८२/०५/०२ मा भएको निर्णय, सो निर्णयको जानकारी दिइएको मिति २०८२/०५/०४ को पत्र मिति २०८२/०५/०९ को बिमा प्राधिकरणको अध्यक्ष पदको पदपुर्तिको लागि दरखास्त माग गर्ने निर्णय र सो निर्णय बमोजिम मिति २०८२/०५/१४ मा प्रकाशित सूचना तत्काल कार्यान्वयन नगरी तत्कालका लागि यथास्थितिमा राख्ने र अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि मिति २०८२/०६/२६ सम्मका लागि अल्पकालिन अन्तरिम आदेश जारि गरिदिएको छ ।’

सरकारले ओझालाई पदबाट पदमुक्त गरेपछि २२ गते ओझा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको थियो ।
नयाँ अध्यक्ष नियुक्तिका लागि प्राधिकरणमा १४ जनाको आवेदन परेको थियो । त्यसअघि भदौ २ गते बसेको सरकारको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसअघि, ओझाको योग्यता तथा अनुभव सम्बन्धमा प्रश्न उठेपछि सरकारले गत असार ३० मा पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो सँगै उनी निलम्बनमा परेका थिए ।







प्रतिक्रिया