सुनको मूल्य ११ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

245
Shares


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ ।

आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।