अर्थमन्त्रालयले १३ सयवटा आयोजनाको बजेट काट्ने, १ खर्ब १० अर्ब जुट्ने

6.1k
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछि भएको क्षतिको पुनर्निर्माणका तथा आगामी फागुनमा हुने चुनावको लागि स्रोत व्यवस्थापनका लागि टुक्रे आयोजनामा कटौती गर्ने निर्णय गरिसकेका छन् ।

निर्णयसँगै स्रोत व्यवस्थापन गर्न ३ सदस्यीय कार्यदलसमेत बनाएका अर्थमन्त्री खनालले १३ सयवटा आयोजना काटिने बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाजसँगको भेटमा अर्थमन्त्रीले १३ सयवटा आयोजना काट्दा १ खर्ब १० अर्ब स्रोत व्यवस्थापन हुने बताएका हुन् ।

‘१३ सयवटा आयोजनाको बजेट काट्दा १ खर्ब १० अर्ब जुट्ने देखिन्छ, यसले कही राहत दिन्छ,’ उनले भने ।

प्रोजेक्ट बैंककमा नपरेकालगायत आयोजनाका बटेज काटिने उनको भनाइ छ ।

टुक्रे आयोजना कार्यान्यवन नगरेर केही नबिग्रने र त्यसवापतको रकमलाई सरकारी संरचनाको पुनर्निर्माणमा लगाउन सकिने उनको भनाइ छ ।

मन्त्री खनालले जेनजी आन्दोलनका कारण क्षति पुगेको सरकारी भवन र संरचनाहरु बनाउनुपर्ने र त्यसका लागि ठूलो बजेट खर्चनुपर्ने भएकोले पनि टुक्रे आयोजनाका बजेट कटौती गर्ने निर्णय गरेका हुन् ।

टुक्रे आयोजना कार्यान्यवन नगरेर केही नबिग्रने र त्यसवापतको रकमलाई सरकारी संरचनाको पुननिर्माणमा लगाउन सकिने बुझाइ अर्थमन्त्रालयको छ ।

टुक्रे आयोजना तीन करोड मुनीका हुन् । संघीय सरकारले विनियोज गरेको चालु आर्थिक वर्षको बजेट १ लाखका समेत धेरैवटा छन् । यी आयोजनाले दीर्घकालीन असर नपर्ने भएकोले यसको बजेट कटौती गर्दा राज्यलाई ठूलो नोक्सानी पनि पर्ने बुझाई पनि अर्थ मन्त्रालयको भनाइ छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर कार्यदलले सिफारिस गर्नेछ ।

कार्यदलमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेको सहसचिव उत्तर कुमार खत्री र वैदेशिक सहायता समन्वयन महाशाखा प्रमुख रहेका सहसचिव धनीराम शर्मा छन् ।