क्याथे प्यासिफिकले नेपाल उडान रोक्यो, टिकट बिक्री नगर्न आग्रह

4.6k
Shares

काठमाडौं । हङ्कङको वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले नेपाल उडान रोकेको छ । यो वायुसेवाले टिकेट बिक्री नगर्न र उडान स्थगित भएको सूचना टिकेटिङ एजेन्सीहरुलाई पठाएको छ ।

क्याथे प्यासिफिकले सोमबार (भदौ ३०) देखि आगामी अजोज १४ सम्मको १५ दिनलाई नेपाल उडान रोकिएको जानकारी दिएको छ । यो वायुसेवाले नेपालमा भएको जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविध न्यून भएको कारण उडान रोकेको अनुमान सम्बन्धित ट्राभल एजेन्सीले गरेका छन् ।

नेपालमा जेनजी आन्दोलनपछि खुलेको उडानमा यो वायुसेवाले सुरुमै उडान गरेर उत्साह देखाइदिएको भए पनि अहिले भने नेपालमा भइरहेको नियमित उडान नै बन्द गरेको छ । यो वायुसेवाले नेपालमा दैनिक एक उडान गर्दै आएको थियो ।

यो वायुसेवाले अस्थायी रुपमा उडान रोकेको जानकारी गराएको भए पनि त्यसपछिको अवस्था के हुने भन्ने विषयमा अहिले नै स्पष्ट भन्न नसकिने पनि एरोलिना टुर्स एण्ड ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्काले क्लिकमान्डुलाई जानकारी दिए ।

उनका अनुसार यूएईले भिजिट भिसा रोक्नु, क्याथे प्यासिफिकले उडानै नै रोक्नु र होटलको बुकिङ रद्द हुनुले पर्यटन सेवा थप प्रभावित हुने भएको छ ।

Skip This