कमाठमाडौं । यहाँ त व्यवसायीले जति ठूलो उद्योग खोले, त्यति ठूलो जोखिम । कुन दिन आगो लगाइदिन्छन् भन्ने डर। समृद्धि ल्याउने त कुरै छाडौं, उद्योगीले आफ्नो पसिना र पूँजी लगाएर रोजगारी सिर्जना गर्दा पनि पुरस्कारमा पाइन्छ: लुट, धम्की र आगजनी ।
त्यसो भए प्रश्न यत्ति हो-जसलाई आफ्नो घरमै आगो लगाइन्छ भन्ने डर छ, उसले आफ्नै देशमा लगानी किन गर्ने ?
जेनजी (१३ देखि २८ वर्ष) उमेर समूहका युवाहरुको आह्वानमा भएको सामाजिक सञ्जाल निषेध गर्ने, भ्रष्टाचार र कुशासनविरुद्व भदौ २३ गते भएको आन्दोलनमा राज्यले बर्बर दमन गर्यो । राज्यको दमनपछि आक्रोशित भएको भीडले भदौ २४ गते बिहानैदेखि देशैभर तोडफोड र आगजनी गर्यो ।
मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको सरकारी निवास, प्रधानमन्त्रीको निजी निवास, पूर्वप्रधानमन्त्री निवास, अन्य नेता र मन्त्रीहरुको निवास, सयौं प्रहरी चौकी, देशभरका अधिकांश सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयहरु क्षणभरमै ध्वस्त भए । हजारौं व्यक्तिका निजी सम्पत्ति ध्वस्त पारियो।
निजी क्षेत्रका उद्योगी व्यवसायीमाथि छानिछानि आक्रमण गरिएको छ । देशकै एकमात्र डलर अर्बपति विनोद चौधरीको निजी घर र कार्यालय लुटपाट पछि आगो लगाएर ध्वस्त पारियो । आधा दर्जनभन्दा बढी सवारीसाधान पूर्णरूपमा जलेर खरानी भए ।







प्रतिक्रिया