
दाङ । बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।
नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा उनीहरुको मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् । घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।
मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
सुधारगृहमा झडप भएपछि प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।
देशभर जेनजीको आन्दोलन चर्किएपछि देशका कतिपय कारागारका कैदी भागेका थिए भने नौवस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।








प्रतिक्रिया