बालुवाटारमा रहेको बर्नावास म्युजियम होटलले गर्यो पौने ३ करोड रुपैयाँको व्यापार

161
Shares

काठमाडौं । बालुवाटारमा रहेको पाँच तारे बर्नावास म्युजियम होटलले गत आर्थिक वर्षमा पौने ३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ को फेब्रुअरीबाट सञ्चालनमा आएको कम्पनीले ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ मा दर्ता भएको कम्पनी सन् २०२४ को अगस्टमा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।

होटलले ४८ वटा कोठाको सुविधका साथ सेवा दिँदै आएको छ । होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९६ करोड ८२ लाख रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ९४ करोड ६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको हो ।

होटलले सञ्चालनमा आएको ५ महिनाको अवधिमा ९० लाख रुपैयाँको व्यापार गरेको थियो । होटलले सुरुमा सामान्य रुपमा होटल सञ्चालनमा ल्याई उक्त कारोबार गरेको हो । त्यस्तै गत आवमा अकुपेन्सी निकै कमजोर हुँदा व्यापार बढ्न नसकेको पाइएको छ । होटलले क्षमताको ३ प्रतिशत मात्रै अकुपेन्सी उपभोग गरेको उल्लेख गरेको छ ।

होटलले हालसम्म भने नाफा कमाउन सकेको छैन । हाल होटलले घाटा व्यहोरिरहेको रेटिङमा उल्लेख छ । होटलमा आधुनिक सुविधा उपलब्ध छन् । होटलमा खाना बस्न, स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल र अन्य सुविधा छन् ।