सुनको मूल्यमा आज पनि रेकर्ड, तोलामा ३ हजारले बढ्दा कति पुग्यो मूल्य ?

833
Shares

काठमाडौं । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार तोलाको २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज थप ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज आइथतबार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको हो ।

सुनसँगै चाँदीको भाउमा पनि ऐतिहासिक वृद्धि भएको छ । आइतबार एकै दिन प्रतितोला ६५ रुपैयाँले बढेर चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन यो मूल्य प्रतितोला २ हजार ३६० रुपैयाँ थियो।