लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, ८ प्रतिशत दिने प्रस्ताव

11.9k
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।

बैंकको भदौ १३ गते बसेको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनिलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति चाँडै दिएको अवस्थामा दशैंअघि नै सेयरधनीको खातामा लाभांश पठाउने बैंकको तयारी छ ।

बैंकले सन् २०२४ मा सेयरधनीको हात खाली बनाएको थियो । २०२३ मा भने १३.३ बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अहिले घोषणा गरेको लाभांश बिगत १० वर्षयताकै कम हो । १० वर्षको बीचमा बैंकले सन् २०१६ मा सबैभन्दा बढी २१.८४ प्रतिशत लाभांश दिएको थियो ।