अनअडिटेड रिपोर्टमा बढी नाफा देखाउने बैंकलाई कडाइ, अडिट गर्दा फरक परेको रकम नियामकीय जगेडामा राख्नुपर्ने

3.5k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको लेखापरीक्षणअघि र लेखापरीक्षणपछिको नाफामा निकै ठूलो अन्तर देखिएपछि यसलाई रोक्न राष्ट्र बैंकने नयाँ नियम ल्याएको छ । पछिल्ला वर्षहरुमा यस्तो विकृति मौलाएको थियो ।

राष्ट्र बैंकले बैंकहरुको वार्षिक साधारणसभाको लागि वित्तीय विवरण प्रकाशित तथा सहमति प्रदान गर्ने र लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि संशोधन गरेको छ । बैंकहरुले धमाधम वार्षिक साधारणसभाको लागि वित्तीय विवरण प्रकाशन तथा सहमतिको लागि बाह्य लेखापरिक्षण गरी राष्ट्र बैंकमा पठाउन सुरु गरेपछि केन्द्रिय बैंकले कार्यविधि संशोधन गरेको हो ।

संशोधित कार्यविधिले एनएफआरएस अनुसार लेखांकन हुने कर्जा नोक्सानी रकम राष्ट्र बैंकले जारी गरेको निर्देशनभन्दा कम भएमा कम भएजति रकम नियामकीय जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

त्यस्तै ग्रेस अवधिको पूँजीकृत ब्याजबाट कायम भएको पूँजीकृत ब्याजको आवाधिक कर्जामा लेखांकन भएको ब्याजलाई नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै ‘एनएफआरएस -९ अनुसारको एक्पेक्टेड क्रेडिट लस गाइडलाइन’ र गाइडेन्स नोट अन इन्ट्रेस्ट रिकग्नेसन २०२५ अनुसार संस्थाले अपनाएको लेखानीति तथा लेखांकनको लागि प्रयोग गरेको विधि अनुमानहरु र जानकारीहरु वित्तीय विवरणको लेखा सम्बनधी टिप्पणीमा उल्लेख गरे नगरेको केनिद्रय बैंकले वित्तीय विवरण स्वीकृत गर्दा हेर्ने भएको छ ।

डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने बैंक तथा वित्तीय संस्थाले भुक्तानी कोष क्यापिटल रिडेम्सन रिजर्भमा समानुपातिकरुपमा जम्मा गर्नुपर्ने व्यवस्था पालना भए/नभएको पनि स्पस्ट पार्नुपर्ने कार्यविधिमा उल्लेख छ । अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि संचित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था पालना भए/नभएको पनि हेर्ने कार्याविधिमा उल्लेख छ ।

एनएपआरएस अनुसार विवरण जारी गर्ने स्वीकृतिको मितिइभेन्टहरुलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा समायोजन गरेको भए सोको विवरण संस्थाले लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गरे/नगरेको वित्तीय विवरण स्वीकृतिका क्रममा केन्द्रिय बैंकले हेर्नछ । कर्मचारी दायित्वको बीमांकिय मूल्यांकन गराउँदा एनएफआरएसको व्यवस्था अनुरुप विगतको तथ्यांकमा आधारित रही यथार्थपरक अनुमानहरु लिई मूल्यांकन भए नभएको पनि केन्द्रिय बैंकले हेर्न कार्यविधिमा उल्लेख छ ।

बैंकहहरुले नाफापछिको स्टेटमेन्ट अफ कप्रिहेन्सिभ इन्कममा लेखांकन भएको आयलाई वितरण गर्दा वितरण हुने रकमलाई २० प्रतिशत साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने भएको छ । नियामकीय कोषमा जम्मा तथा खर्च भएको रकमसहित कोषमा भएको परिवर्तनको विवरण प्रत्येक कम्पोनेन्टमा जम्मा तथा खर्च भएको रकम छुट्टिने गरी वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गर्नुपर्ने भएको छ ।

नियामकीय जगेडा कोषमा मर्जर तथा एक्वीजिसन रिजर्भमा लेखांकन गरिएको रकम, गैरबैकिङ सम्पत्तिको कुल रकममा प्रचलित नियमानुसारको आयकर, कर्मचारी बोनस तथा वैधानिक कोष वापतको रकम कट्टा गरी बाँकी हुने रकम जम्मा नभए नभएको केन्द्रिय बैंकले एकिन गर्ने भएको छ ।

Skip This