
देशमा जडीबुटीदेखि तिनकुनेसम्म फ्लाइओभर र सुरुङमार्गसहितको सडक पूर्वाधार बनाउन चर्चा छ । कोटेश्वर इन्टरसेक्सनको सुधार गरी राजधानीको सबैभन्दा बढी जाम हुने क्षेत्रमा सहज आवागमन बनाउने योजना अघि सारिएको छ ।
कोटेश्वरमा दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन् । तर, यो ठाउँको ट्राफिक जामले भने सर्वसाधारणलाई हैरान बनाएको छ । यसैलाई मध्यनजर गर्दै सरकारले दीर्घकालीन समाधान भन्दै जापान सरकारसँग ३० अर्ब रुपैयाँ ऋण लिएर फ्लाइओभर र सुरुङमार्ग बनाउने योजना अघि सारेको छ ।
तर, फ्लाइओभर र सुरुङमार्ग बनाएर गाडीको संख्या झन् बढाउने तर्क यातायात विज्ञको छ । सार्वजनिक यातायात सुधारेर गाडीको संख्या घटाउनु एकमात्र उपाय रहेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन् ।
यस विषयमा थप के भन्छन् त यातायात विज्ञ गजुरेल ? प्रस्तुत छ, उनीसँग क्लिकमान्डुका लागि श्रृष्टी गुरागाईंले गरेको कुराकानीः







प्रतिक्रिया