आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँमा पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँमा रहेको चाँदी सोमबार ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।