रवि लामिछानेलाई नख्खु कारागार ल्याइने

1.1k
Shares

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही जिल्लास्थित कारागारबाट ललितपुरको नख्खु कारागारमा सार्ने प्रक्रिया अघि बढाइएको छ ।

लामिछानेले आफूलाई काठमाडौँ उपत्यकामा राख्न अनुरोध गर्दै निवेदन दिएपछि उनलाई कारागार सरुवा गर्ने तयारीको प्रकृया सुरु भएको थियो ।

कारागार विभागका नवनियुक्त महानिर्देशक लीलाप्रसाद शर्माले उनलाई नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णय गरे भएको जनाएका छन् ।

यसअघि कारागार विभागको नेतृत्व नारायणप्रसाद भट्टराईले सम्हालेका थिए । उनलाई निर्वाचन आयोग सरुवा गरिएको र त्यसपछि शर्मालाई विभागको जिम्मेवारी तोकिएको हो ।

अब रूपन्देही कारागार, जिल्ला प्रशासन कार्यालय (सीडीओ) र अन्य प्रशासनिक निकायहरूले प्रक्रिया पूरा गरी उनलाई नख्खु कारागार ल्याउने काम अघि बढाउनेछन् ।