आज सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?

0
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।