
काठमाडौं । स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधरणका लागि १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जारी पुँजी ५ करोड ७७ लाख ५० हजारको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सार्वजनिक सेयर निस्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको थियो ।
त्यसमध्ये १० प्रतिशत अर्थात् २३ हजार १०० कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ०.५० प्रतिशत अर्थात् ११५५ कित्ता सेयर कर्मचारीलाई, ५ प्रतिशत अर्थात ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेपश्चात बाँकी रहेको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
आवेदनकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ १०-१० कित्ताका दरले १९ हजार ५१९ जनालाई पर्नेछ ।
आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ ।










प्रतिक्रिया