
काठमाडौं । कालिका रिफाइनरी प्रालिले गत आर्थिक वर्षको १० महिनामा करिब साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले गत आवको १० महिनाको अवधिमा ३ अर्ब ४१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ८१ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ को ९ महिनाको तुलनामा सन् २०२५ को १० महिनाको अवधिमा १२ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
सन् २०१९ मा स्थापना भएको कम्पनीले सनफ्लावर, सोयाबिन र तोरीको तेलको प्रशोधन र उत्पादन गरी कारोबार गर्दै आएको छ । कम्पनीले बेला, अम्बे र एग्रो गोल्ड ब्रान्डमा तेल बिक्री गर्दै आएको छ ।
सन् २०१९ मा स्थापना भएको कम्पनीले सन् २०२१ को जुनबाट व्यवसायिका कारोबार सुरु गरेको थियो । कम्पनीले दैनिक एक सय मेट्रेकटन क्षमतामा तेल उत्पादन गर्दै आएको छ ।
दिपकप्रसाद सापकोटा, मदन सापकोटा र कुसुम कँडेल सापकोटाको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ कोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीको व्यापार बढ्नुको मुख्य कारण निर्यात रहेको छ । कम्पनीले १० महिनामा साढे ३ अर्ब रुपैयाँको व्यापार गर्दा ४४ प्रतिशत हिस्सा निर्यातको रहेको छ । कम्पनीले तेल उत्पादनका लागि आवश्यक कच्चा पदर्था अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिलबाट आयात गर्दै आएको छ ।







प्रतिक्रिया