भक्तपुरको हनुमन्ते, उदयपुर र सिराहाको खोलामा बाढीको सम्भावना, सतर्क रहन आग्रह

294
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ ।

रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।

पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भारी वर्षाका कारण त्रियुगा खोला, चहकाखोला लगायत अन्य स-साना खोलाहरूमा बहाव बढ्ने खतरा रहेको हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भक्तपुरको हनुमन्ते खोलामा जल स्तर बढ्दो, नदी किनार आसपास सतर्कता भक्तपुर जिल्लाको हनुमन्ते खोलाको जल स्तर सतर्कता तहको आसपास पुगेको छ। कौशलटारस्थित जल मापन केन्द्रका अनुसार आइतबार बिहान १२ः२५ बजे प्राप्त तथ्याङ्क अनुसार खोलाको पानीको सतह बढ्दो क्रममा रहेको हो।

जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले सम्भावित डुबान र आकस्मिक बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहानसम्मै आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको हो।