सार्वजनिक संस्थानका कर्मचारीको तलबमा एकरुपता कायम गर्न अध्ययन समिति बनाउने सरकारको निर्णय

5.1k
Shares

काठमाडौं । सरकारले सबै सार्वजनिक संस्थान, प्रतिष्ठान, बोर्ड, समिति सहितका सरकारी लगानी भएको निकायका पदाधिकारी र कर्मचारीको तलवमा एकरुपता कायम गर्ने भएको छ ।

यसका लागि साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले ती निकायका कर्मचारी तथा पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ ।

राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन कार्यदल गठन गरेको हो ।

उक्त समितिको संयोजकमा पर्वतका रामुप्रसाद डोटेल छन् । समितिमा दोलखाका रमेशप्रसाद शिवाकोटी, र ललितपुरका चण्डीप्रसाद घिमिरे कार्यदल सदस्य रहेका छन् ।