नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फन्ड आईपीओ जारी गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

105
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फन्डले आईपीओ जारी गर्ने भएको छ । कम्पनिले प्रारम्भिक सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतामा फन्डको तर्फबाट सञ्चालक डा. मनिष थापा र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्टको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने तयारी गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फन्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फन्ड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त नेपालको पहिलो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक हो ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता क्षेत्रमा सञ्चालन हुने कम्पनीमा पुँजी परिचालन गरिसकेको छ । कम्पनीलाई इन्स्योरेन्स कम्पनीहरू हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सका साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रबर्द्धन गरेका छन् ।