
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले साहसिक पर्यटन विज्ञको सूची तयार पार्ने भएको छ ।
विभागको कार्यक्षेत्र अन्तर्गतका बञ्जी जम्प, क्यानोनिङ्ग, स्काई डाईभिङ्ग, जीप फ्लाईङ्ग, स्वीड, एम्युज्मेन्ट पार्क, फन पार्क, नदी तलाउ तथा पानीमा खेलिनेसहितको साहसिक पर्यटनको अनुगमन तथा निरिक्षणका गर्छ । यसका लागि सम्बन्धित क्षेत्रकै विज्ञ राख्ने भएको छ । ति विषय विज्ञबाट आवश्यक विवरणसहित १५ दिन भित्र विभागमा सम्बन्धित विषय विज्ञलाई आवेदन पेश गर्न आग्रह भएको छ ।
विभागले सम्बन्धित साहसिक खेलहरुको इजाजत पत्र जारी र नविकरण गर्ने र स्थलगत निरीक्षण गर्न ति विज्ञ प्राविधिक आवश्यक भएकोले सूचि तयार पार्न खोजेको पर्यटन विभागका महानिर्देशक डा। नारायण रेग्मीले बताए । उनले भने ‘सम्बन्धित विषय विज्ञको सूचीपछि विभागले गर्ने नियमित अनुगमन तथ प्रभावकारि हुने छ ।’
विभागले सम्बन्धित क्षेत्रका विज्ञहरुको सूची तयार गर्ने प्रयोजनार्थ इच्छुक व्यक्ति, संस्था तथा फर्महरुले आफ्नो बायोडाटा, अनुभव र कार्यक्षेत्र सहितको विवरण यो सूचना प्रकाशित भएको मितिले १५ पन्ध्र दिनभित्र पेश गर्न मंगलबार एक सूचना जारी गरेको छ ।
विभागले पर्वतारोहणमा जाने पर्यटकले बढी सेवा शुल्क लिए भन्ने गुनासो आएकोले सम्बन्धित एजेन्सीलाई सो जानकारी दिन पनि आग्रह गरिएको रेग्मीले बताए । उनका अनुसार एजेन्सीले लिने सेवा शुल्क के कति हुने रहेछ र त्यस्तो शुल्कलाई थप व्यवस्थित बनाउन समेत खोजिएको हो ।








प्रतिक्रिया