नेप्सेले पार गर्‍यो ३ हजार बिन्दुको प्रतिरोध, साढे १८ अर्बको कारोबार

602
Shares

काठमाडौं । सेयर बजारले तीन हजार बिन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गरेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अंकले बढेर ३००१.८० बिन्दुमा रोकिएको हो ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने बुधबार १८.४४ अंकले घटेको थियो । त्यसभन्दा अगाडिका आठ कारोबार दिन नेप्से लगातार बढेको थियो ।

मंगलबार नेप्सेमा कुल १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिललो कारोबार दिन सोमबार भने नेप्सेमा कुल १८ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।